काठमाडौँ । पोखराबाट काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानिस्थलको मुल गेटमै भव्य स्वागत गरेका छन् । उनी आउनभन्दा अघि नै प्रर्दशनमा उत्रिएका समर्थकहरुले स्वागत गरेका हुन् ।
सो क्रममा राजा आउ देश बचाउ, हाम्रा राजा प्राणभन्दा प्यारा छन् भन्दै उनको समर्थनमा नाराबाजी गरेका थिए भने अहिलेको सरकारविरुद्ध पनि नारा लगाएका थिए । पूर्वराजा ज्ञानेन्द्रले आफू सवार गाडीबाटै हात हल्लाएर समर्थकहरुलाई अभिनन्दन गरेका थिए ।
पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सम्बोधन गर्दै राजनीतिक दलहरु असफल भइरहेको र अब आफूलाई साथ दिन आग्रह गरेका थिए । त्यसपछि उनका समर्थकहरु हौसिएर समर्थनमा सडकमा उत्रन थालेका छन् ।
कुनै वेला राजतन्त्र फाल्नका लागि एक भएका राजनीतिक दलहरु पछिल्लो चरणमा आएर आ-आफ्नो स्वार्थमा विभाजन भएका छन् । उनीहरुले संघीय गणतन्त्रको भरपुर दुरुपयोग गर्दै जनताको पक्षमा भन्दा पछि आफ्नो स्वार्थमा मात्रै काम गर्दै गएकाले दलगत राजनीतिबाट जनता आजित भइरहेका छन् । २४० वर्षको राजगद्धी छोडेर नागरिक भइरहेका पूर्वराजाको समर्थनमा यति ठूलो समर्थनको भिड लाग्नु जनताको चटक्कै छोडेर स्वार्थको राजनीति गर्दै आएका कति वेला सरकार बनाउने भन्ने खेलमा तलिन अहिलेका राजनीतिक दलहरुको चुनौतीको विषय हो ।











