काठमाडौँ । सरकारले ल्याएका पाँचवटै अध्यादेश राष्ट्रियसभाबाट पनि स्वीकृत भएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा निर्णयार्थ पेस भएका ती अध्यादेशहरु बहुमतले स्वीकृत भएका हुन् ।
राष्ट्रियसभाबाट सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत भएका हुन् । यी अध्यादेश बुधबार प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएका थिए ।











