इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले एक लाख बढी नगरसहित जुवाको खालबाट ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर ५ का अमर रेउले, भक्त बहादुर वली, शरन श्रेष्ठ, राजु राइनी, हिमाल खराल, आशिष चन्द, कमल विक वगाले, सन्द्येश रेग्मी, बामदेव विष्ट, अर्जुन शाही, र भिमबहादुर वली रहेका छन् ।
उनीहरुलाई तुलसीपुर ९ रामनगरबस्ने कमल विकको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुबाट एक लाख १६ हजार आठ सय नगद पनि बराबद गरिएको प्रहरीले जनाएको छ ।











