sf7df8f}F, @& ;fpgM gjlgo'Qm l3l;ª kbef/ ;DxfNb} g]kfn ljB't k|flws/0fsf gjlgo'Qm sfo{sf/L lgb]{zs s'ndfg l3l;ª a'waf/ sfof{nodf kbef/ ;DxfNb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने भएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीन दिने स्पष्टीकरणे सोध्ने निर्णय गरेको हो ।

बैठकले घिसिङलाई स्पष्टीकरण सोध्नका लागि ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको छ । ऊर्जामन्त्री खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले स्पष्टीकरण सोध्ने अधिकार दिएको हो । सरकारलाई थाहै नदिई भारतबाट नेपाल आयात हुने विद्युतमा महसुल दर बढाएको भन्दै गएको हप्ता ऊर्जा मन्त्रालयले घिसिङलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो । घिसिङले आफूलाई स्पष्टीकरण सोध्ने र पदमुक्त गर्ने अधिकार मन्त्रालयसँग नरहेको दाबी गरेका थिए ।

ऊर्जामन्त्री खड्का जसरी पनि घिसिङलाई हटाउने पक्षमा छन् । त्यसमा सरकारले पनि भरपुर साथ दिएको देखिन्छ । मन्त्रालयले घिसिङलाई कार्यसम्पादन मूल्याङकनमा समेन शून्य अंक दिएको छ ।