दाङ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न दाङको देउखुरी आइपुगेका छन् । मुख्यमन्त्री चेतनरायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरे । नेपाली सेनाको हेलिकप्टर मार्फत ओली दाङ आइपुगेका हुन् ।
आज बस्ने लुम्बिनी प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गर्दैछन् । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनका लागि निमन्त्रण गरेका थिए । बैठकलाई बिशेष सम्वोधन पछि घोराहीमा आयोजना हुने जनसभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।
