काठमाडौं । घरको छतमा घाम ताप्ने क्रममा खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा शैलुङ गाउँपालिका ३ घर भएका ५२ वर्षीय होमबहादुर श्रेष्ठ रहेका छन् । आज विहान बिहान पौने ९ बजेतिर चन्द्रागिरी नगरपालिका ५ हाइभिजनस्थित दुई तले घरको रेलिङमा अल्झिएर खसेका थिए ।

छतबाट खसेर घाइते भएका श्रेष्ठलाई उपचारका लागि सतुङगलस्थित अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त थानकोटले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको बताएको छ।