दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हिजो (शुक्रवार) देखि घोराहीमा शुरू भएको ‘छैठौ कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८१’ मा चर्चीत कलाकारहरूको प्रस्तुति शुरू भएको छ । महोत्सवको दोस्रो दिनदेखि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति शुरू भएको हो ।
‘उद्योग, व्यापार, कृषि एवं पर्यटनको विकास, परनिर्चरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराकासाथ आयोजना गरिएको महोत्सवमा दोस्रो दिन शनिवार चर्चीत कलाकार राजनराज शिवाकोटी, रीता के.सी. अनु अधिकारी लगायतले प्रस्तुति राखेका थिए ।
गायक राजनराज शिवाकोटीले करोड क्लबमा रहेका दर्जन बढी गीतहरू प्रस्तुत गरेका थिए । उनले सुर्के थैली खोई, पूर्व पश्चिम रेल, सीओडब्लू काउ, गुलेलीले हानौँ कि, चेप्टे चेप्टे पिरूंगो, गोजीमा दाम छैन लगायतका गीतहरू प्रस्तुत गरेका थिए । गायिका रीता केसीले जाउला कान्छी जलजला, जोडी छ झकास, भन के के गर्नुपर्छ तिम्रो साथ पाउनलाई, सुन त ए कान्छी लगायतका आधा दर्जन बढी गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण गायक चन्द्र शर्माले गरेका थिए ।
आइतवार प्रकाश दुतराज आउने
महोत्सवमा आइतवार कलाकारहरू रीता थापा, चन्द्र शर्मा, प्रकाश दुतराज, अपेक्षा गिरी, घनश्याम केसी, सन्दीप सेञ्चुरी, रचना चौधरी, उमा खनाल लगायतको प्रस्तुति रहने छ ।











