कास्की । पोखरा भ्रमण वर्ष-२०२५ को उद्घाटन गर्ने क्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन्। उद्घाटन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएको बेलुन पड्किएर आगो लाग्दा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका हुन्।

शनिबारदेखि सुरू भएको भ्रमण वर्षको उद्घाटन बेलुन उडाएर गर्ने तय गरिएको थियो। त्यसका लागि अर्थमन्त्री पौडेल र मेयर आचार्य बेलुन उडाउन तयार हुँदै गर्दा बेलुन पड्किएको थियो। हाइड्रोजन ग्यासले भरिएको उक्त बेलुन पड्किँएर आगो लागेपछि उनीहरु घाइते भएका बताइएको छ । बेलुन पड्किएपछि तत्काल उपप्रधान एवं अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई गण्डकी अस्पताल लगिएको थियो।

गण्डकी अस्पतालबाट थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। पौडेललाई सिम्रीक एयरको हेलिकप्टरबाट काठमाण्डौ लगिएको थियो । पौडेलको गर्धन र हातमा जलेको छ । उपचारमा रहेका पौडेलको स्वास्थ्य खतरामुक्त भएको अस्पतालले जनाएको छ ।