इन्द्रेणी संवाददाता
दाङ । ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालय घोराही दाङले विभिन्न कार्यक्रमको आयोजना गरी यसवर्षको महाशिवरात्री पर्व मनाउने भएको छ । विश्वविद्यालयले फागुन ३ गते देखि फागुन १४ गतेसम्म जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी महाशिवरात्री मनाउने भएको हो ।
कार्यक्रमको पहिलो दिन विश्वविद्यालयले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी १४ गतेसम्म गर्ने कार्यक्रमको बारेमा जानकारी दिएको छ । विश्वविद्यालयले यसलाई ८९ औं महाशिवरात्री महोत्सव भनेको छ ।
विश्वविद्यालयकी राप्ती क्षेत्रकी प्रमुख गीता दिदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सचिव शिवलाल महताराले महाशिवरात्रीको अवसरमा जिल्लाका लमही, घोराही, तुलसीपुर, वंगलाचुली, गढवालगायतका क्षेत्रमा गरिने कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा विश्वविद्यालयकी क्षेत्रीय प्रमुख गीता दिदीले विश्व शान्ति, सदभाव, धार्मिक सहिष्णुता कायम गर्दै सभ्य समाज निर्माण गर्न सर्वप्रथम आफैबाट शुरु गर्नुपर्ने बताइन् । यसका लागि ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालयले लामो समयदेखि काम गर्दै आएको पनि उनले बताइन् । कार्यक्रमको सहजीकरण ब्रहमकुमार माधव तिमिल्सेनाले गरेका थिए ।
यस्तो छ विश्वविद्यालयले महाशिवरात्रीको अवसरमा गर्ने कार्यक्रमको तालिका













