दाङ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दाङको अध्यक्षमा दिप्तीशिखा चौधरी सर्वसहमत चयन भएकी छन् । बिहीबार तुलसीपुरमा भएको दशौँ अधिवेशनबाट चौधरी अध्यक्षमा चयन भएकी हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा दीपक जिएम, सचिवमा एचआर मगर, कोषाध्यक्ष निता चौधरी, सहसचिवमा जयन्ती चौधरी चयन भएकी छन् । त्यस्तै सदस्यहरूमा सरिता चौधरी, प्रेमकुमारी बुढा, प्रिया चौधरी र सुरक्षा चौधरी छन् ।

त्यस्तै केन्द्रीय प्रतिनिधिमा सविन प्रियाशन, रिता लामा र जीत सागर जिएम निर्वाचित भएका छन् भने प्रदेश प्रतिनिधिमा प्रेमबहादुर राम्जा र जयन्ती चौधरीलाई चयन गरिएको छ ।