काठमाडौं । सुनको मूल्य एकै दिन दुई हजार तीन सयले बृद्धि भएको छ । नेपाली बजारमा अघिल्लो दिनको तुलनामा

आज छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो। जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।