काठमाडौँ । सरकारले मुलुकलाई भ्रष्टचार मुक्त बनाउने भनेतापनि नेपाल यस पटक पनि नेपाल अति भ्रष्टाचार हुने मूलुकको सूचीमा परेको छ । भ्रष्टाचार र सुशासन निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सूचीमा नेपाल अति भ्रष्टाचार हुने मुलुकको सूचीमा परेको हो ।
ट्रान्सपरेन्सीको २०२३ को प्रतिवेदनमा सुशासनमा नेपालले १०० अंकमा ३५ अंक प्राप्त गरेको थियो । २०२४ को प्रतिवेदनअनुसार नेपालको स्तर खस्किएर ३४ अंक मात्र पाएको छ ।
ट्रान्सपरेन्सीले १०० मा ५० अंकभन्दा कम प्राप्त गर्नेलाई अति भ्रष्टाचार हुने देशको सूचीमा समेट्दै आएको छ । सर्वेक्षणमा समेटिएका १८० देशमा नेपाल १०७ औं नम्बरमा परेको छ । गतवर्ष १०८ औं नम्बरमा थियो । सीपीआईले नेपालको सुशासन स्तर सुधारमा राज्यले कुनै ठोस उपलब्धि हासिल गर्न नसकेको जनाएको छ ।
