इन्द्रेणी संवाददाता
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आउँदो फागुन २ गतेदेखि सञ्चालन हुने ‘छैठौं कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को तयारी तीब्र रुपमा भइरहेको छ ।

घोराही उपमहानरपालिका वडा नं. १४ झिगौरामा सञ्चालन हुने महोत्सवको भौतिक निर्माणको काम तीब्र रुपमा भइरहेको छ । महोत्सव स्थलमा स्टल निर्माण, बाल उद्यान, पिङ्लगायतका भौतिक निर्माणको काम तीब्र रुपमा भइरहेको आयोजक संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सव स्थलमा भौतिक निर्माणका काम लगायत महोत्सव सफल बनाउन गठन गरिएको मूल आयोजक समिति तथा उपसमितिले आआफ्नो जिम्मेवारी पाएका कामहरु समयमा सम्पन्न गर्न तीब्र रुपमा काम गरिरहेको संघका महासचिव महेन्द्र बुढाथोकीले बताए ।

महोत्सव सञ्चालनको करिव चार दिन बाँकी रहदा महोत्सवको तयारीको कामलाई तीब्र बनाइएको संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक बसन्त जोशीले जानकारी दिएका छन् । महोत्सव फागुन १८ गतेसम्म चल्नेछ ।