बेनी । जिल्ला समन्वय समिति म्याम्दीका प्रमुख राजकुमार थापा पक्राउ गरेका छन् । सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रमुख थापालाई आइतबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर पौडेलका अनुसार सदरमुकाम बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको हो । थापासहितको समूहले सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ ।
