इन्द्रेणी संवाददाता
दाङ, १६ साउन
दाङ तुलसीपुरदेखी नाउला जोड्ने सडकखण्ड लामोसमय देखी अवरुद्ध बनेको छ । डाँडापातु हुँदै दमारगाउ, डाँडाखुट्टी, अम्बास हुँदै नाउला जोड्ने सडक खण्ड अन्तर्गत दमारगाउको पिपलबोट नजिकै पहिरो गएको छ ।
पहिरोका कारण निर्माण भएको छोटो समयमै बाटो अबरुद्ध हुँदा समस्या भएको छ ।
केहि समय पहिले सडक बिभाग अन्तरगतको ६ लाख रुपैयाँलागतमा निर्माण भएको सो बाटो अबरूद्ध भएपछि सर्वसाधारणलाइ समस्या भएको छ ।
अबिरल बर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएको बटो खुलाउने प्रयास सम्वन्धित निकायबाट नभएको सथानीयको गुनासो छ ।
बाटो अवरुद्ध भएको लामो समय बितिसक्दा पनि सम्बन्धित निकाय मौन छन् । मानिसहरू पैदल हिँडदापनि जोखिम मोलेर हिँडन बाध्य छन् ।।
