कामाडौं । केही दिनदेखि तराइँका जिल्लाहरुमा हुस्सु र कुहिरो लागेको छ । लगातारको हुस्सु र कुहिरोका कारण त्यहाँको जनजीवन समेत प्रभावित भएको छ । निरन्तर हुस्सु लागेर चिसो सिरेटो समेत चल्न थालेको छ । सिरेटोका कारण घर बाहिर निस्कन समस्या भएको छ ।

मधेशमा हुस्सु र कुहिरो लागेसँगै तापक्रम घटिरहेकोले चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमले जनाएको छ । चिसो बढेपछि तराई क्षेत्रका केही विद्यालय बन्द गरिएको छ ।

वीरगञ्ज महानगरले आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अरु ठाउँको मौसम सफा रहने अनुमान छ ।