बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्ने बारेमा आयोजना कार्यान्वयन सम्बद्ध पक्ष संग छलफल गरेका छन् ।

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा शुक्रबार छलफल गरेका मुख्यमन्त्री आचार्यले आयोजनाको कामलाई गति प्रदान गर्न आवश्यक रहेको र त्यस तर्फ जुट्न ध्यानाकर्षण गराएका थिए । “आयोजनाको काम अलि सुस्ताएको छ । कामलाई गति प्रदान गर्नुस । छिटो काम अघि बढ्छ कि भन्ने थियो तर, काममा बिलम्ब भयो”, उनले भने, “रिजल्ट छिटो दिनेगरी काम सम्पन्न गर्नुपर्ने छ ।”

लुम्बिनी प्रदेशको कृषि, उर्जा र खानेपानी क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने आशा गरिएको बताए । आयोजनाको काम सञ्चालन गर्दा मानव बस्ती सुरक्षीत हुनेगरी गर्नुपर्ने बताउदै उनले नदि कटान र विपद जोखिम न्यूनिकरण गरेर काम गर्न अनुरोध गरे । “स्थानीयहरुसंग भएका सम्झौता कार्यान्वयन भएको छैन । त्यसलाई ध्यान दिनुस, सम्झौता अनिवार्य कार्यान्वयन गरिनुपर्छ”, उनले भने, “बस्तिलाई सुरक्षीत गर्न जरुरी छ । अनिवार्य नदिको दुबै किनारमा तटबन्ध गर्नेगरी योजना अघि बढाउनुस ।”

आयोजना कार्यालयसंग छलफल गर्नु अघि मुख्यमन्त्री आचार्यले बासगढी नगरपालिका १ चेपाङ बर्दियाका स्थानीयसंग भेट गरेका थिए । अबको दुई बर्षभित्र भेरी नदिको पानी बबई नदिमा झारेर सिंचाइ, विद्युत उत्पादन सुरु हुनेगरी काम भइरहेको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए । बहुउद्देश्यीय आयोजनाको ६५.८ प्रतिशत भौतिक प्रगति गरेको, जस अन्तरगत टनेल निर्माण कार्य सम्पन्न भएको, सिभिल निर्माण कार्यको भौतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्रोमेकानिकल प्रगति ३० प्रतिशत सम्पन्न भएको जानकारी दिइएको छ । हाइड्रोमेकानिकलको भौतिक प्रगति ३९ प्रतिशत र प्रशारणलाइनको भौतिक प्रगति ५ प्रतिशत भएको छ ।

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवका आयोजना हो । बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४६.८ मेगावाट जलबिद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । १२ महिना सिंचाइ र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आर्थिक बर्ष २०६८/६९ बाट भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढेको थियो । भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउनुका साथै ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने छ ।

सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने प्रक्षेपण छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन ९टिबिएम० को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ किलोमिटरको छ ।