दाङ । दाङको लमहीमा सवारी दुर्घटनामा परी एक जना प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ४ भुरिपुर गाउँ निवासी २६ वर्षीय गणेश चौधरी छन् ।
लुम्बिनी प्रदेश ०००२ प ११४८ नम्बरको मोटसाइकलमा सवार चौधरी सोमबार बेलुका ७ः३० बजे लमही नगरपालिका ६ पदमेनी सोता नजिकै लु १ ख ९३५२ नम्बरको रोकिराखेको ट्रकमा टोक्किदा मृत्यु भएको हो ।
दुर्घटनापछि घोइते अवस्थामा चौधरीलाई अस्पताल पठाएको र त्यहाँ मृत्यु भएको प्रहरीले जनाएको छ । उनी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए । प्रहरीले ट्रक चालक रुपन्देही स्यारी ४ बस्ने बर्ष २९ को जितेन्द्र राजभरलाई नियन्त्रणमा लिएको छ ।











