नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले आउँदो १९ गते माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने बताउनु भएको छ । आज भक्तपुरको खरिपाटीमा नेपाली कांग्रेस नगरकोट नगरसमितिले आयोजना गरेको संविधान कार्यान्वयन र नेपाली कांग्रेसको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले १९ गतेबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने बताउनु भएको हो ।

prachand-1o