दाङको सिस्नेखोलाबाट अबैद्य रुपमा ढुंगाजन्य बस्तु उत्खन्न गरिरहेका दुईवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । लक्ष्मीपुर ४ सिस्नेखोलाबाट अवैधरुपमा गिट्टि बालुवा उत्खनन गरीरहेका लु २ त ३२२१ र लु ३ त ३७४६ नम्बरको २ वटा ट्रयाक्टरलाई प्रहरीले नियणत्रणमा लिएको हो ।

jiprak

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको बिशेष प्रहरी टोलीले सोही ट्रेक्टर नियणत्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।

उक्त ट्रयाक्टरहरुलाई आवश्यक कार्वाहीको लागि जिल्ला विकास समितिको कार्यालयमा पठाईने दाङका एसपी सिंहले बताउनुभयो । वितेको एक महिनाको अबधिमा प्रहरीले अबैधरुपमा ढुंगाजन्यबस्तुहरु उत्खनन र निकासी गरिरहेका ५० बढी गाडिहरुलाई नियन्त्रणमा लिएर जिविसमा बुझाएको छ ।