दाङ । त्रिभुवननगर जेसीज वर्ष २०२५ को अध्यक्षमा टंक रावत (अनन्त आरसी) निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ४३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी किरण गौतमले २७ मत ल्याएका थिए ।
सचिव पदमा भने विवेक शर्मा सर्वसम्मत चयन भएका थिए । नयाँ पदाधिकारीका जेसीज कार्यकाल एक वर्षको हुने व्यवस्था छ । कुल मतदाता ७४ जना रहेका थिए











