इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले जुवाको रुपमा कौडा खेलिरहेका १७ जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित अमृत टोलमा ठाकुर खनालले पैसा हारजित हुने गरी कौडा खेलाइरहेको सूचनाका आधारमा उनीहरुलई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुबाट नगद १ लाख ५२ हजार ५५ रुपैयाँ, १६ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पठाएको सूचनामा भने पक्राउ पर्नेहरुको नाम खुलाइएको छैन ।