दाङ । दाङको कम्युनिष्ट आन्दोलनमा अतुलनीय योगदान गरेका दाङका पुराना कम्युनिष्ट नेता देवी पोख्रेलको निधन भएको छ । नेता पोख्रेलको ७४ वर्षको उमेरमा शुक्रबार राति घोराहीस्थित आफ्नै निवासमा निधन भएको हो ।

घोराही उपमहानगरपालिका–१५ मा बस्दै आएका पोख्रेल लामो समयदेखि मिर्गौला सम्बन्धी समस्याबाट पीडित भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेकपा एमालेका केन्द्रीय सल्लाहकार समेत रहेका पोख्रेलको पार्थिव शरीरलाई घोराही उपमहानगरपालिका–१८ रझेनास्थित शंखेपीपल घाटमा दाहसंस्कार गरिएको छ । पोख्रेल एमाले महासचिवका दाजु हुन् । स्वर्गीय पोख्र्रेलले २०६४ सालमा घोराहीबाट प्रकाशन हुँदै आएको गणतन्त्र दैनिकको संस्थापनक सञ्चालक भएर पत्रकातिा क्षेत्रमा पनि योगदान गरेका थिए । त्यस्तै उनले शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण याोगदान गरेका छन् ।