इन्द्रेणी संवाददाता
दाङ । दाङमा गएको एघार दिनमा जुवा खेलिरहेको अवस्थामा ४८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले असोज १६ गतेदेखि २७ गतेसम्म जिल्लाका विभिन्न ठाउँबाट जुवाको खालबाट ४८ जनालाई पक्राउ गरेको हो ।

उनीहरुबाट प्रहरीले पाँच लाख २७ हजार ६१० रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै गएको आर्थिक वर्षको जुवाको खालबाट २२ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट सो अवधिमा दुई लाख ८२ हजार २७० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

दाङमा विशेष गरी वडादशैलगायतका चाडपर्वको समयमा जुवा खेल्ने क्रम बढी भएको देखिन्छ । अन्य समयमा सामान्य रुपमा खेलिएको देखिएपनि चाडपर्वको समयमा ठूलो रकम दाउमा राखेर जुवा खेलेको प्रहरीले फेला पार्ने गरेको पाइन्छ ।