इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले तीन जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा थपाङ घर भई हाल घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ वसपार्कमा न्यू थवाङ्गी लालीगुराँस खाजाघर सञ्चालन गर्दै आएका २३ वर्षका किशोर सुनार रहेका छन् । उनीबाट प्रहरीले १८० मिलिग्राम खैरो ब्राउनसुगर बरामद गरेको छ ।

त्यसैगरी रोल्पा घर भई हाल घोराही १४ नयाँ वसपार्कमा न्यू कोसेली खाजाघर सञ्चालन गर्दै आएकी ४७ वर्षीया मिना घर्ती मगरलाई पनि ३ ग्राम ८५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । गोप्पे सूचनाका आधारमा उनीहरुलाई प्रहरीले बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै घोराही १० जलौरा बस्ने २० वर्षका आकाश बुढालाई पनि प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनलाई विहीबार ४१० मिलिग्राम ब्राउसुगरसहित प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।