इन्द्रेणी संवाददाता
घोराही । चाडपर्वलाई लक्षित गर्दै घोराही उपमहानगरपालिकाले बजार अनुगमनलाई तिब्र बनाएको छ । आमउपभोक्तामैत्री बजारको सुनिश्चतताका लागि खाद्यान्न पसल, किराना पसलहरुमा अनुगमन थालिएको हो ।
यसले अखाद्यबस्तु उपभोक्तासम्म पुग्न र कालोबजारी लगायतका चाडपर्वको समयमा व्यापारीहरुले गर्ने वदमासीलाई रोक्न मद्दत गर्ने छ ।
विशेष गरी यो समयमा व्यापारीहरुले म्याद गएका सामानहरु उपभोक्तालाई विक्री गर्ने, मनोमर्जीसँग दैनिक उपभोग्य बस्तुको मूल्य निर्धारण गरी विक्री वितरण गर्नेलगायतका गतिविधि गर्ने गरेको पाइन्छ । चावपर्वको समयमा विशेष अनुगमन गरेपनि उपमहानगरपालिकाले नियमित बजार अनुगमन पनि गर्दै आएको छ ।