अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयनमा देखिएका बेथिती अन्त्य गर्न योजना छनोट र कार्यान्वयनको प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति अर्घखाँचीको सन्धिखर्कमा बुधवार आयोजना गरिएको बार्षिक समिक्षा कार्यक्रममा मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले गर्ने हरेक काम पारदर्शी र जनताले सहजै थाहा पाउनेगरी हुनुपर्ने बताएका हुन् । यस्तै उनले विगतमा गरिएका कामको समिक्षा गर्दै भावि योजना निर्माणमा जुट्न आह्वान पनि गरे ।

‘मुलुक बनाउने जिम्मेवारी तपाई हामीलेनै उठाउनुपर्छ । यसका लागि तीन तहकै सरकारले आफ्ना योजनालाई परिणाममुखी बनाउन जरुरी छ’ उनले भने, ‘हामीले अहिले सम्म के ग¥यौं ? के उपलब्धि भयो ? के समस्याहरु आएँ ? अव कसरी अघि बढ्ने ? योजना बनाउन जरुरी छ ।’

योजनाको समिक्षा नगरी अर्को योजना बनाउदा सफलता नमिल्ने भन्दै समिक्षाबाटै निकास खोज्न आह्वान गरे । चालु आर्थिक बर्षमा विनियोजन भएका बजेटको पूर्ण कार्यान्वयन गर्न आग्रह गरेका थिए ।