इन्द्रेणी संवाददाता
दाङ । दाङमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । शान्तिनगरस्थित चिराघाट खोलाले बगाउँदा तुलसीपुर २ झारगाउँ बस्ने वर्ष ६७ का तेजबहादुर भण्डारीको ज्यान गएको हो । शान्तिनगर ४ गिदनियाँ आफन्तको घरबाट फर्कने क्रममा उनलाई खोलाले बगाएको हो ।

तर उनीसँगै खोला तर्नका लागि खोलामा पसेका चेतबहादुर भण्डारी भने पौडी खेलेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक तेज बहादुरलाई भने खोलाले करीव एक किलोमिटर तल लिएको थियो । त्यहाँ उनी मृत फेला परेको प्रहरीले जनाएको छ । उनलाई आज दिउँसो १२ बजेतिर खोलाले बगाएको थियो ।