काठमडौं । देशको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय वित्तीय अनुशासनमा भने कमजोर देखिएको छ । ६५ वर्षे इतिहासमा पछिल्लो वर्ष बेरुजु बढेर २८ अर्ब नाघेको छ । जब कि शैक्षिक सत्र ०८१/८२ का लागि त्रिविको बजेट २६ अर्ब १६ करोड ८७ लाख छ ।
कुलपति तथा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा मंगलबार भएको त्रिवि सभामा रजिस्ट्रार प्रा.डा. केदार रिजालले बेरुजु २८ अर्ब ३२ करोड १६ लाख ३९ हजार पुगेको बताए । शैक्षिक सत्र ०८१/८२ को बजेट प्रस्तुत तथा आर्थिक समीक्षा गर्न आह्वान गरिएको सभामा त्रिविलाई बेरुजुबाट मुक्त गर्ने विषयमा पनि छलफल भएको छ ।
महालेखापरीक्षकको ५७औँ वार्षिक प्रतिवेदन ९आव ०७५/७६ को०अनुसार त्रिविको बेरुजु २८ अर्ब ६७ करोड १९ लाख ४९ हजार थियो । त्यसपछि त्रिविले रणनीतिक रूपमा बेरुजु घटाउने योजना अघि सारेपछि ५८औँ प्रतिवेदनमा बेरुजु घटेर २४ अर्ब २६ करोड ८७ लाख ८५ हजारमा पुगेको थियो ।
त्यसपछिका वर्ष फेरि बेरुजु उकालो लाग्यो । महालेखाको ५९औँ प्रतिवेदनमा २६ अर्ब ६८ करोड ३९ लाख ५१ हजार र ६०औँ प्रतिवेदनमा बेरुजु २६ अर्ब ४९ करोड ५१ लाख १० हजार रहेको उल्लेख छ । पछिल्लो अर्थात् ६१औँ वार्षिक प्रतिवेदनअनुसार त्रिविको बेरुजु २८ अर्ब ३२ करोड १६ लाख ३९ हजार पुगेको छ ।
पछिल्लो समयत्रिवि कार्यकारी परिषद्ले ६ अर्ब बेरुजु सम्परीक्षणका लागि महालेखालाई विवरण पठाइएको थियो । तर, महालेखाले ऐन नै संशोधन गर्नुपर्ने बताउँदै सम्परीक्षण स्थगित गरेको थियो नयाँ पत्रिकामा खबर छ। जसका कारण आर्थिक वर्ष ०७८/७९, ०७९/८० र ०८०/८१ मा कुनै पनि बेरुजु सम्परीक्षणबाट फर्स्योट हुन नसकेको त्रिविका रजिस्ट्रार प्रा।डा। रिजालले बताए । सम्परीक्षण नहुँदा बेरुजु बढ्दै गएको उनको भनाइ छ ।
रजिस्ट्रार प्रा।डा। रिजालका अनुसार महालेखाको प्रतिवेदनले देखाएको बेरुजुमध्ये ७० प्रतिशत नीतिगत र ३० प्रतिशत असुलउपर गर्ने बेरुजु छ ।
