काठमाडौँ । आगामी तीन दिन विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिन विषेशगरी रात्रिको समयमा धेरै वर्षा हुने भएकाले महाशाखाले जनाएको छ । केही स्थानमा हल्का र केहीमा धेरै भारी वर्षासम्म रहेको छ । यो समयमा बाढी पहिरो जस्ता घटना बढ्न सक्ने तर्फ सतर्कता अपनाउन महाशाखाले बसैमा अनुरोध समेत गरेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । “रातिको समयमा वर्षा हुने सम्भावना छ तर लगातारको वर्षाको सम्भावना भने छैन”, उनले भने, “आज राति पनि देशभर साधारणतया बदली रहने छ र सबै प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।”