रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा गएराति आएको पहिरोले पुरिएर परेर तीन जना किशोरीको मृत्युु भएको छ ।

स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरेर घरभित्र आगो ताप्दै गरेका १७ वर्षकी सिता तामाङ्ग, १४ वर्षकी आसिका तामाङ्ग र १३ वर्षकी लक्ष्मी तामाङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ ।

किशोरीहरु आगो बालेर ताप्दै गर्दा घर माथिको डिस्को भत्किएर लेदो घरभित्र पस्दा लेदोले पुरिएर उनीहरुको मृत्यु भएको हो।