इन्द्रेणी संवाददाता

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज आइतबार विश्वासको मत लिदैछन् । दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४ औँ बैठकमा महराले विश्वासको मत लिन लागेका हुन् ।

बदलिएको केन्द्रीय सत्ता समिकरणसँगै सरकारमा रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत लिन लागेका हुन् । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १० सांसद छन् ।

त्यसैगरी राप्रपा र नागरिक उन्मुक्तिका चार-चार  जना, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन-तीन जना, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा दुई/दुई जना तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक/एक जना सदस्य छन् भने एक जना स्वतन्त्र सदस्य छन् ।