काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज आइतबार विश्वासको मत लिँदैछन् । विश्वासको मतको कार्यसूची अघि बढाइदिन प्रधानमन्त्रीले साउन २ गते नै सङ्घीय संसद्मा पत्राचार गरिसकेका थिए ।
असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको सहमति अनुसार ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीले सभामा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यसैबिच एमालेले आइतबार सभामा अनिवार्य उपस्थिति र विश्वासको मतको पक्षमा मतदानका लागि ह्विप जारी गरेको छ ।
यता माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादी पार्टीले भने यस अघि नै ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।
