काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश शकुन्तला कार्कीको इजलासले मंगलबार थापालाई थुनामा पठाउन आदेश दिएको हो ।

भुटानी शरणार्थी प्रकरणमा फरार रहँदै आएका थापालाई नेपाल प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीले शुक्रबार पक्राउ गरेको थियो।

अदालतमा बयान लिएर थुनछेक बहस भएको थियो। बहसपछि उनलाई थुनामा पठाउन आदेश दिएको हो। थापा एमाले नेता एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन्।