इन्द्रेणी संवाददाता 

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको (मौका परीक्षा) ग्रेड बृद्धिको समयतालिका सार्वजनिक गरेको छ । साउन २३ गतेदेखि ३१ गतेसम्म चल्ने मौका परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । यस पटक दुई वा दुईभन्दा बढी विषयमा फेल भएका विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् ।