दाङ । दाङमा चालु आर्थिक वर्षको ११ महिनामा ९२ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ९२ जनाको ज्यान गएको जिल्ला ट्राफिक कार्यालयको तथ्यांक छ । जसमा ७३ पुरुष, १३ महिला र छ जना बालकबालिकाको ज्यान गएको छ । जेठमा छ, वैशाखमा १०, चैतमा १०, फागुनमा १२, माघमा आठ, पुसमा १८, मङ्सिरमा नौ, कात्तिकमा सात, असोजमा चार, भदौमा तीन र साउनमा पाँच जनाको मृत्यु भएको छ । यस अवधिमा एक सय ९७ वटा सवारी दुर्घटना भएका छन् ।
बढ्दो सवारीसाधनको चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्थालगायत कारणले दुर्घटना हुने गरेको प्रमुख प्रहरी उपरीक्षक राजेश शाहीले बताए ।
