नेपाल बिद्यार्थी संघको असन्तुष्ट पक्षले शनिबारदेखि आमरण अनशन सुरु गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा यसअघि रिले अनशन बस्दै आएकाहरुले भोली दिउँसोदेखि आमरण अनशन सुरु गर्न लागेका हुन् ।

नेविसंघको महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्वहरु नेताहरुको भागबन्डाको आधारमा छनोट गरिएको भन्दै कुन्दनराज काफ्ले नेतृत्वको समूह असन्तुष्ट छ । असन्तुष्ट पक्षले यही साउन ९ गतेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा पाल टाँगेर रिले अनशन सुरु गरेको थियो ।Nebisangh

सुवेदीले लामो समयदेखि हुन नसकेको महाधिवेशन विधिवत र धाँधलीरहित रुपमा सम्पन्न गरी नेविसंघमा आन्तरिक लोकतन्त्र सुनिश्चित गर्ने संघर्षमा सहयोग गरिदिन सञ्चारमाध्यमहरुलाई आग्रह पनि गर्नुभएको छ ।