काठमाडौं । गएराति सम्पन्न सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत आइसिसी टी ट्वेन्टी विश्वकपको फाइनलमा पुगेको छ।
गुयनामा भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो। भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६ ओभर चार बलमा १०३ रनमा समेटियो । इङ्ल्यान्डका ह्यारी ब्रुकले २५ रन बनाए । भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान तीन विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले सात विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो । उसका ओपनर तथा कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिए ।
दक्षिण अफ्रिकाको यो कुनै पनि क्रिकेट विश्वकपमा पहिलो फाइनल हो। सन् २००७ को पहिलो संस्करण जितेको भारतले तेस्रो पटक फाइनल खेल्नेछ। सन् २०१४ मा भारत श्रीलंकासँग फाइनलमा पराजित भएको थियो।











