काठमाडौं । नेकपा एकीकृत समाजवादीकोे पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद राख्ने निर्णय गरेको छ ।

यस्तै समाजवादीले केन्द्रीय कमिटी २९९ सदस्य बनाउने निर्णय पनि बैठकले गरेको छ । १५१ बाट थप गरेर २९९ सदस्यीय बनाउने निर्णय बैठकले गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

पार्टीको केन्द्रीय उपाध्यक्षमा एक महिला सिट सुरक्षित गर्ने, कुल महाधिवेशन प्रतिनिधिको पाँच प्रतिशत मनोनीत गर्ने व्यवस्था राखिएकोमा त्यो नगर्ने, आवश्यकताअनुसार वरिष्ठ नेताको पद सृजना गर्ने निर्णय पनि बैठकले गरेको छ।