दाङ। दाङमा एक जनाले कराहीले हानेर श्रीमतीको हत्या गरेका छन् । गढवा गाउँपालिका–२, पचहिया निवासी बर्ष २६ का रन्जित चौधरीले आफ्नै श्रीमती वर्ष २१ की कमला चौधरीलाई तरकारी पकाउने कराहीले हानेर हत्या गरेका हुन् ।

जेष्ठ २४ गते राती करिब ९ बजेको समयमा श्रीमान रन्जितले श्रीमती कमलालाई तरकारी पकाउने कराही प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते श्रीमती चौधरीको क्रिमसन हस्पिटल बुटवलमा उपचारका क्रममा आइतबार बिहान ८ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

श्रीमान रन्जितलाई इलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको गढवा प्रहरीले जनाएको छ ।