काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुदैछ । प्रतिनिधिसभा बैठकमा जेठ १५ गते संसदमा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री वर्षमान पुनले पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यसपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ।

त्यस्तै आजै दिउँसो सवा १ बजे राष्ट्रियसभाको बैठक पनि बस्दैछ । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलको कार्यसूची छ। उद्योग, वाणिज्य तथा आपूती मन्त्री दामोदार भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरिने अध्यादेश स्वीकृत गरियोस भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने बताइएको छ ।