काठमाडौँ । सरकारले प्रचण्ड श्रीमती स्वर्गीय सीता दाहालको नाममा कलेज खोल्ने भएको छ । आज अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्दै सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना गर्ने बताए ।

सो अस्पताल काठमाडौँ विश्वविद्यालयमा स्थापना गर्ने र त्यसका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको अर्थमन्त्री पुनले जानकारी दिए ।

सरकारले उक्त कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छ ।

सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि सात अर्ब ५० करोड विनियोजन गरेको छ । स्वास्थ्य बिमा कार्यक्रमको लागि सात अर्ब ५० करोड विनियोजन गरेको छ । स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बिमाबिचको दोहोरोपन हटाउने बजेट भाषणमा उल्लेख छ ।