बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका शिक्षा अधिकृत कृष्ण थारु र प्राविधिक कमल केसी माथि अभद्र व्यवहार गरी शिक्षा अधिकृत थारुलाई विनय प्रकाश दिक्षित नेतृत्वको समूहले शिक्षक भर्नामा घुस लिएको आरोप लगाउदै कोठामा एक्लै राखी पानीको बोतल समेत बहिरा निकाली ताल्चा लगाएका थिए ।

गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, विजय प्रकाश दिक्षितको नेतृत्वमा गुरुमुरत यादव, आरिफ खान, प्रमोद कुमार शर्मा, मो.जाबेद खान, अब्बु हसन खान, र शिक्षकहरु राधेश्याम यादव, सन्तोष कुमार बहुन, गोरख बहादुर राना, रिता चौधरी, चन्द्रेश्वर त्रिपाठी, धर्म प्रकाश जैसवाल लगायत २०÷२५ जनाको समूहले मदक पदार्थ सेवन गरी कार्यालयमा प्रबेश गरी आक्रमणको प्रयास गरेको जनाएको छ ।

आईतबार अत्यधिक गर्मीले जनजीवन प्रभावित भइरहेका बेला शिक्षा अधिकृत थारुलाई कोठामा थुनेर बहिराबाट बिद्युतको लाईन समेत दिक्षितले काटिदिएका थिए । शिक्षा अधिकृत थारुले आफनो ज्यान बचाई दिन फोन मार्फत गुहार मागे पछि शिक्षकहरुको सहयोगमा ताल्चा तोडेर थारुलाई बहिरा निकालिएको थियो ।

सुरक्षाको माग गदै कर्मचारीले आज सोमबार देखि गाँउपालिकाको कामकाज ठप्प पारेका छन । गाँउपालिका भित्र रहेका सम्पुर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकले समेत दोषिमाथि कारबाहीको माग गर्दै अनिश्चित कालका लागि विद्यालय बन्द गरेका छन । शिक्षक नियुक्तिमा कमिशन लिएको आरोप लगाउदै बिनय दिक्षित नेतृत्वको समूहले शिक्षा अधिकृत थारुको कार्यकक्षमा पुगेर आईतबार अभद्र व्यहार गर्दै शारीरिक तथा मानसिक यातना दिएका थिए । आफुुमाथि लगाएको आरोप निराधार, कपोकल्पीत र झुटा भएको शिक्षा अधिकृत थारुले प्रतिक्रिया दिए । आक्रमणको निन्दा गर्दै कानूनी कारवाही गर्न गृह प्रशासनसंग अपिल गरिएको छ ।