चितवन । चितवनमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

भरतपुर महानगरपलिका–२९ को नारायणगढ–मुग्लिङ सडक खण्डको सत्र किलोमा गएराति चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एक जना युवकको मृत्यु भएको हो । दुर्घटनामा परी २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट प्युठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं‍ को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिवासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं को बस र वीरगंञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं को बस एकै ठाउँमा ठोकिएका थिए ।

दुर्घटनामा चार वटै सवारी साधनका चालकसहित २३ जना घाइते भएको र उनीहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेहरुमध्ये एक युवकको भरतपुर अस्पतालमा उपचारका मृत्यु भएको थियो । घाइते भएकाहरुको नयाँ मेडिकल कलेज भरतपुर र इच्छाकामना आधारभुत अस्पताल कुरिनटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना मध्यराति १२ बजेतिर भएको बताइएको छ ।