काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बोलाइएको छ । दुवै बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर पारित गर्ने कार्यसूची छ।

नीति कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि पारित गर्ने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ। प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गर्नेछन्। यसैगरी उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रतिनिधिसभाको आज बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिले राष्ट्रिय सभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन्।