तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले पोलियो विरुद्धको (आई.पी.भी) खोप अभियान संचालन गर्ने भएको छ । उपमहानगरको स्वास्थ्य महाशाखाले आज गरेको खोप सम्बन्धी अभिमुखीकरण कार्यmक्रममा जेठ १३ गतेदेखि १७ गतेसम्म खोप अभियान संचालन गर्ने बताए ।

कार्यक्रममा उपमहानगर प्रमुख टिकाराम खड्काले २०७३ देखि २०७५ सालसम्म खोप लगाउन छुटेका बालबालिकालाई पोलियो विरुद्धको (आई.पी.भी) खोप दिइने जानकारी दिए । उपमहानगर प्रमुख खड्काले लक्षित बालबालिकासम्म पुगेर खोप अभियान संचालन गरिने बताए ।

कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेले २०७३ देखि ०७५ सालमा खोप पाउनबाट बञ्चित तुलसीपुर उपमहानगर भित्रका ११ हजार ५ सय ८ जना बालबालिकालाई यसपटक खोप दिइने छ । उममहानगरका सबै बिद्यालयमा पुगेर खोप दिइने छ ।

अभियानका क्रममा ईट्टा भट्टामा भएका बालबालिकालाई पनि त्यहीँ पुगेर खोप लगाइने छ । अभियानको अन्तिम दिन जेठ १७ गते तुलसीपुर उपमहानगर भित्रका सबै स्वाथ्य संस्थामा खोप लगाइने जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए ।