काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको आज पनि बस्दैछ। बैठक बिहान साढे ८ बजे सिंहदरवारस्थित कानून मन्त्रालयमा बस्न लागेको हो ।

आजको बैठक अन्तिम भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । कांग्रेसले उठाएका सहकारीको नाम उल्लेख गर्न समस्या नभएको तर व्यक्ति नाम उल्लेख नगर्ने प्रस्ताव सत्ता पक्षले राखेको छ । त्यस्तै रास्वपाका कार्यदल सदस्य शिशिर खनालले बिहीबारको बैठकमा कांग्रेस लचक भएको आफुले बुझेको बताउदै थप छलफल गरेर बैठकमा आज सहमती हुने विश्वास लिइएको छ ।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन्। हिजोको बैठक भने निष्कर्ष विना नै टुंगिएको थियो ।