दाङ । तुलसीपुरका मेयर टिकाराम खड्काले तुलसीपुरको विकासका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
मुख्यमन्त्री जोखबहादुर महरालाई आज भेटेर मेयर खड्काले ध्यानाकर्षण पत्रमार्फत सडक पूर्वाधार,सिचाई,पर्यटन,खेलकुद र जलाशयनिर्माणमा बजेट विनियोजन गरिदिन आग्रह गरे । उनले उपमहानगरका १० वटा जलाशय निर्माण,१९ वटा सिचाईँ आयोजना, ६ वटा सडक कालोपत्रे गर्ने बजेट विनियोजन गर्न आग्रह गरे ।
त्यसैगरी एउटा क्रिकेट मैदान औद्योगिक ग्राममा अत्याधुनिक बधशाला निर्माणमा आवश्यक बजेट छुट्याउन माग गरेका छन् । मुख्यमन्त्री महराले तुलसीपुरले माग गरेका ठाउँमा बजेट विनियोजन गर्ने प्रतिवद्वता जनाए ।
