काठमाडौँ । वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित भएको छ। खेलमा २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव २ बलमा १५१ रन बनाएर अलआउट भयो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २२७ रन बनाएको थियो।
२२८ रनको लक्ष्य पछ्याएको नेपालका लागि करण केसी र लोकेश बम सर्वाधिक २८–२८ रन जोडे। कुशल मल्ल २०, विनोद भण्डारी १९, अनिल शाह १४, कप्तान दीपेन्द्रसिंह ऐरी ७, गुल्सन झा ६, कमलसिंह ऐरी ६, आरिफ शेख ३ रनमा आउट हुनुभयो। नेपालका लागि नटआउट ३ रनमा समेटिए। नेपालको ब्याटिङ लाइनलाई ध्वस्त बनाउन वेस्ट इन्डिजका लागि हेडेन वाल्शले तीन विकेट लिए
