काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको हिजो बसेको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

जसअनुसार डिजेल मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५९ रुपैयाँ तोकेको छ ।

दोस्रो वर्गअन्तर्गत दाङ र  सुर्खेत क्षेत्रमा एक लिटर डिजेलको मूल्य एक सय ५८ र तेस्रो वर्ग अन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा लिटरको एक सय ५९ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन ९आन्तरिकतर्फ० प्रतिलिटर एक रुपैयाँ र हवाई इन्धन ९अन्तर्राष्ट्रियतर्फ० प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाएको छ ।